नेपाल राष्ट्र बैंकले १६ अर्बको ट्रेजरी बिल जारी गर्दै, आज बोलकबोल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल  गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्बरुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः माघ २४ गते, चैत २८ गते र २०८० असार २६ गते परिपक्व हुनेछन्।

- Advertisement -
Ad imageAd image

यी ट्रेजरी बिलको दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्