नेपाल टी-ट्वान्टी: आज इलिमिनेटर खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं – राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टीमा आज सोमबार एक खेल हुँदैछ । प्लेअफको दोस्रो खेलमा आज इलिमिनेटरको खेल हुदैछ ।

ईलिमेटर खेलमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

इलिमिनेटर खेलमा यस लिगको समूह चरणका खेलमा तेस्रो चौथो स्थानमा रहेका टोलीबीच खेल हुनेछ । विराटनगरले तेस्रो तथा काठमाडौंले चौथो स्थानमा रहदै समूह चरण समाप्त गरेका थिए ।

आजको इलिमिनेटर खेलको बिजेताले फाईनलमा स्थान बनाउँनका लागि आईतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाईनल प्रवेशका लागि खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा समान १/१ खेल जितेका थिए ।

आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array