एमालेले बनाएको सरकार हो, प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने दावी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार नेकपा एमालेले बनाएको सरकार भएकाले विश्वासको मत पाउने बताए ।

‘२६ गते यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ अध्यक्ष ओलीले भने । अहिलेको परिवर्तित सन्दर्भमा नेपालीले बनाएको सरकार भएको भन्दै अध्यक्ष ओलीले अरुले बनाइदिएको सरकार मान्नुपर्ने अवस्था अब नरहेको बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

पार्टीले चुनाव जित्न नपाउने, कसैले बहुमत ल्याउन नपाउने खेल एमालेले निस्तेज पारेर सही दिशामा ल्याउन सफल भएको अध्यक्ष ओलीले दावी गरे । अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् । अध्यक्ष ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए ।

ओलीले भने, ‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’ अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेको टिप्पणी गरे । नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीतिलाई सही दिशामा लगेको बताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: