काठमाडौं – ज्योति विकास बैंकले ६.८ प्रतिशत लाभांश घोाषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र करसहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार उक्त लाभांश प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्