आजदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ।  मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आइतबार श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो।

वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

- Advertisement -
Ad image

यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो। यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्