स्पेनिस ला लिगा: रियल मड्रिडमाथि भिल्लाको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ।

भिल्ला रियलको जितमा एरिमी पिनो र जेरार्ड मोरेनोले एकएक गोल गरेका हुन्। रियल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

- Advertisement -
Ad imageAd image

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भिल्ला विजयी भएको हो।

भिल्लाका लागि खेलको ४७ औं मिनेटमा पिनोले पहिलो गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रियल मड्रिडका बेन्जिमाले पेनाल्टी गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए।

खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लाको जित निश्चित गरेका हुन्। यो जितसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ। उसले १६ खेलमा २७ अंक जोडेको छ।

शनिबार राति पराजित भएसँगै शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको रियल ३८ अंक जोडेर दोस्रो स्थानमा कायमै छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्