आजको मौसम: पहाडमा आंशिक बदली, तराईमा हुस्सु र शितलहर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ- देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो शितलहर लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

न्यून चापीय प्रणालीको सामान्य प्रभावले राती पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्