विश्वासको मत पुर्‍याउन राप्रपासँग घाँटी नजोडौं: बाबुराम भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने टिप्पणी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्ति भएकोले त्यस्ता शक्तिहरूसँग घाँटी जोड्दा व्यवस्था नै धरापमा पर्न सक्ने भट्टराईको टिप्पणी छ। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्ने उनले उल्लेख गरेका छन्।

- Advertisement -
Ad imageAd image

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घॉटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ,’ डा.भट्टराईले भनेका छन्, ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं!’

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्