काठमाडौं–
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको छ। अर्थ, कानुन, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरिएको जानकारी दिएको छ । अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ । अर्थसचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर त्यहाँ वाणिज्य सचिव तोयम रायलाई ल्याइएको छ।
रायलाई अर्थमा सरुवा गरेर प्रधानमन्त्री कार्यालयका सचिव मधु मरासिनी जाने भएका छन् । त्यस्तै, राजस्व सचिव रामेश्वर दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगेर त्यहाँ आयोगका सचिव रामप्रसाद घिमिरे ल्याइएको छ।
त्यसैगरि प्रधानमन्त्री कार्यालयका कानुनतर्फका सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालय लगेर कानुन सचिव उदयराज सापकोटाको सरुवा भएको छ ।
आज सात सचिव सरुवा, प्रधानमन्त्री कार्यालयमा को ?

प्रतिक्रिया दिनुहोस्