छाडा चौपाया व्यवस्थापनका नाममा सिद्धार्थनगरको अमानवीय कार्य, चौतर्फी विरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायालाई ट्रकमा बाँधेर घिसार्दै लगिरहेको फोटो सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भएको छ। नगरपालिकाले छाडा चौपाय व्यवस्थापनको काम गरिरहेको जनाएको छ।

तर पछिल्लो समय एउटा साँढेलाई नगर प्रहरी लेखिएको नगरपालिकाको ट्रकले घिसारेर लगेको फेसबुक लगायत सामाजिक सञ्जालमा देखिएको छ। बुधबार साँझ बाँधेर घिसार्दा साँढे रक्ताम्य भएको छ।
गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्