ईश्वर पोखरेल बङ्गलादेश प्रस्थान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बङ्गलादेशको ढाका गएका छन् ।

बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ महाधिवेशनमा उनी नेकपा एमालेको तर्फबाट अतिथिका रूपमा सहभागी हुने छन् ।

- Advertisement -
Ad imageAd image

पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा। दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुने छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्