नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । जसले गर्दा कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको हो ।

साताको ५ कारोबार दिनमध्ये चार दिन नेप्सेमा वृद्धि हुँदा मंगलबार भने एकल अंकको समान्य गिरावट भएको थियो । बुधबार करिब ६५ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से बिहीबार पनि १७.९२ अंक (०.८४ प्रतिशत) ले वृद्धि भएर २१४३.७६ अंकमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसमूह गिरावट भएपनि त्यसबाहेकका सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक नेप्सेलाई उचालेको हो । बिहीबार बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिवाट हुँदा होटल तथा पर्यटन उपसमूह ५.७५ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको मात्रै ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ । यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array