रेशम चौधरीको मुद्दा फिर्ताबारे गठबन्धनमा छलफल गर्दै छु: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीको मुद्दा फिर्ताबारे गठबन्धनमा छलफल गर्ने बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्टसहित माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र प्रदेश सांसद ओमविक्रम भाटले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले २७ गतेभित्र सरकार गठनका लागि आह्वान गरेको जानकारी दिँदै बहुमत पुर्‍याउन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक भएको भन्दै रेशम चौधरीको मुद्दामा चासो राखेका हुन् ।

भाटले नागरिक उन्मुक्तिले रेसमको मुद्दा अघि बढाउने आधार भएपछि मात्र समर्थन गर्ने बताएकाले त्यसबारे चासो राखेको जानकारी दिए । उनीहरूले अध्यादेश अब के हुन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्रीले भने रेशम चौधरीका विषयमा कुनै न कुनै निकास निकाल्नुपर्ने भन्दै त्यसका लागि गठबन्धनमा छलफल गर्ने बताएका छन् । “अध्यादेश त अघिल्लो सरकारले ल्याएको हो र सदन सुरु भएसँगै त्यो निष्क्रिय भएको छ । तर, रेसमजीका विषयमा कुनै न कुनै निकास निकाल्नै पर्नेछ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भाटले भने, “त्यो निकासका लागि म गठबन्धनमा छलफल गर्दै छु ।”

प्रधानमन्त्रीले रेसमका विषयमा निकास दिनै पर्ने भएकाले आफूले सहमतिमै निकास दिन पहल गर्ने बताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्