काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थ घटाउन निर्देशन दिएका छन्।
पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ। अन्तर्राष्ट्रियस्तरमा मूल्यमा गिरावट आएको कारण निगमलाई मासिक एक अर्बभन्दा बढी नाफा रहेको छ।
हवाइ इन्धन र मट्टितेलमा कानुनभन्दा बढी नाफा समेत निगमले लिइरहेको छ। यो व्यवस्थामा प्रधानमन्त्रीले निगमको बोर्ड प्रमुख समेत रहेका सचिवलाई निर्देशन दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्