सुनसरीमा घाँटी बटारेर किशोरको हत्या, अनुसन्धान गर्दै प्रहरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ। पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी–२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

किशोरको शव बुधबार बिहान गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मङ्गलबार दिउँसोदेखि एकाएक घरबाट लौकही गएको र हराएका किशोर रञ्जीतको शव बुधबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर नै फालिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक राईले बताए। शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

घटना अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले काम थालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: