काठमाडौँ – सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ। पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी–२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।
घटना अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले काम थालेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्