सत्ता गठबन्धनको बैठकमा भ्रष्टाचारलाई न्युनिकरण गर्ने विषयमा छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
सत्ता गठबन्धनले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर छलफल गरेको छ । भ्रष्टाचारलाई न्युनिकरण गर्न र जनजीविकालाई सहज बनाउनेबारे शीर्ष नेताहरुबीच छलफल भएको जानकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले केही दिनमा गरेको कामको समीक्षासमेत गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने विषयमा छलफल भएको बताइएको छ । गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले बिहीबार यसलाई टुंग्याउने उपप्रधानमन्त्री तथा गृह मन्त्री रबि लामिछानेले बताए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

Array