राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।

- Advertisement -
Ad image

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए ।

संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने प्रवक्ता भट्टले जानकारी दिए ।

संशोधित मार्गदर्शन दुई करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्