गठबन्धन टुट्नु र प्रचण्डले छोडेर जानुमा कांग्रेस दोषी छैन: प्रवक्ता महत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले गठबन्ध र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छाडेर जानुमा आफूहरुको पार्टीको कुनै दोष नरहेको बताएको छ ।

आज (बुधबार) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले गठबन्धन फुट्नुमा काँग्रेसको कुनै दोष नरहेको स्पष्ट पारेका हुन् । ‘प्रचण्ड जानुमा कांग्रेसको कुनै दोष छैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारेमा पार्टीमा दोस्रो चरणको छलफल गर्न नपाउँदै प्रचण्ड गए,’ प्रवक्ता महतले भने । निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको प्रवक्ता महतले बताए ।

- Advertisement -
Ad image

उनले नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाए । सत्ताबाट बाहिरिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएका हुन् ।

‘प्रतिवद्धताबाट हामी हटेको होइनौं,’ प्रतिनिधिसभा सदस्य समेत रहेका कांग्रेस प्रवक्ता डा. महतले भने, ‘प्रचण्डजी हटनु भएको हो ।’ उनले तत्कालीन सत्ता गठबन्धन टुटेर प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार गठन गर्दा पनि कांग्रेसले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई प्राथमिकता नदिएको पनि बताए ।वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई हामी प्राथमिकता दिएनौं ।

यो अवस्थामा गठबन्धन टुट्नुमा नेपाली कांग्रेस दोषी छैन,’ महतले भने, ‘यद्यपि प्रचण्डजीलाई नेतृत्व दिएर गठबन्धन बचाउनेबारे छलफल गरेर निष्कर्षमा पुग्ने समय हामीलाई प्राप्त भएन ।’ प्रवक्ता महतले हालको सत्ता गठबन्धनमा रहेका दलहरुको भविष्यप्रतिको दृष्टिकोणमा कुनै एकता नभएको पनि टिप्पणी गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्