काठमाडौं – पछिल्लो समय मुलुकको आर्थिक सूचकहरु सबल बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बुधबार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनको जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै केन्द्री बैंकका प्रवक्ता गुणाकर भट्टले उक्त कुरा बताएका हुन् ।
उनले बाह्य क्षेत्रमा परेका दाबाब घट्दै गएको र रेमिट्यान्स बढ्दै गएको बताएका छन् । जसको कारण बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको उनको भनाइछ ।

प्रतिक्रिया दिनुहोस्