नेपाल टी–२० मा फिक्सिङ भएको सूचनामा क्यानको गम्भीर ध्यानाकर्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – राजधानीमा जारी नेपाल टी–२० मा स्पट-म्यच फिक्सिङ भएको भन्ने समाचार सार्वजनिक भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यो मिथ्था सूचना भएको बन्दै यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै स्पट/म्यच फिक्सिङको कुरा मिथ्था भएको र यदी यस्ता कार्य भएको पाईए जो कोहीले पनि क्यान वा एन्टि करप्सन युनिट (एसीयु) मा उजुरी बुझाउन समेत आग्रह गरेको छ ।

- Advertisement -
Ad imageAd image
प्रतियोगितामा सुरुदेखि नै फिक्सिङको आशंका गरिएपनि आज यसबारे लिगमा सम्बन्धित व्यक्तिले नै आफूले ‘स्पट फिक्सिङ’को अनुभव गरेको बताएका थिए ।

लिगको सुरुवातदेखि नै कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूले लिगमा स्पट फिक्सिङको अनुभव गरेको बताउँदै प्रतियोगिताबाट आफू अलग्गिएको बताएका थिए ।

यस्तै, लिगकै एक टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरूले यसबारे एसीयुमा छानविनका लागि जानकारी गराइसकेको बताएका थिए ।

यस्तै, लिगको रणनीतिक सहयोगीको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएको, लिग खेलिहरेका क्लबहरूमध्ये केही क्लबका प्रतिनिधिहरू पनि सम्पर्कमा नआएको र खेलाडीले पारिश्रमिक नपाएको जस्ता कुराहरू सार्वजनिक भएपछि गृह मन्त्रालयले समेत यस विषयमा छानविनका लागि पत्र काटिसकेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्