सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि २७ गतेभित्र दाबी पेस गर्न आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि यही पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनसहित पुस २७ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न भनेका हुन् ।

- Advertisement -
Ad imageAd image
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सांसद छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्