सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि २७ गतेभित्र दाबी पेस गर्न आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि यही पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनसहित पुस २७ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न भनेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

Array