सुनको मूल्य आज पनि बढ्यो, चाँदीको घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ। मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको र चाँदीको मूल्य १० रुपैयाँ घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर १ लाख २ सय ९ सय रुपैयाँ कायम भएको छ।

त्यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: ,