अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ एकै दिन ४ प्रतिशत बढीले घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa
काठमाडौं – विश्व बजारमा कच्चा तेलको मूल्यमा एकै दिन ४ प्रतिशत भन्दा धेरैको गिरावट आएको छ । मंगलबार ‘ब्रेन्ट क्रुड फ्यूचर्स’ ४.४ प्रतिशत अर्थात ३.८१ अमेरिकी डलरले घटेर प्रतिब्यारेल ८२.१० डलरमा आएको हो ।
यता, ‘डब्लुटीआई क्रुड’ पनि मंगलबार ४.१५ प्रतिशत अर्थात ३.३३ डलरले घटेर प्रतिब्यारेल ७६.९३ डलर कायम भएको छ । गत डिसेम्बरमा ब्रेन्ट क्रुडको भाउ घटेर ७६ डलर र डब्लुटीआई क्रुडको भाउ ७० डलरसम्म आएको थियो । त्यसयता भने कच्चा तेलको भाउ बढेको थियो ।
यद्दपि, रुस र युक्रेन युद्धका कारण सन् २०२२ मार्चमा प्रतिब्यारेल १३० डलर नाघेयता कच्चा तेलको भाउ समग्रमा घट्दो क्रममै रहेको छ । मंगलबार भने निराशाजनक आर्थिक प्रक्षेपण, बलियो अमेरिकी डलर र चीनमा तेलको माग कमजोर देखिएका कारण कच्चा तेलको भाउमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array