पाँचथरको फिदिममा आगलागी, दुई जनाको जलेर मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मेघबहादुरका २३ वर्षीय छोरी ममता गुरुङ र २२ वर्षकी बुहारी आशासिंह थेबे रहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image
आगलागीमा  मेघबहादुर सहित दुईजना घाइते भएका छन् । मेघबहादुर र उनका छोरा विजेन्द्र गुरुङ घाइते भएका छ्न् । “टाउको र खुट्टामा सामान्य चोट लागेको छ । प्राथमिक उपचारपछि उहाँहरू सामान्य हुनुहुन्छ,” प्रजिअ गैरेले बाह्रखरीसँग भने ।

पौने १ बजेतिर आगोलागी भएको उनले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्