निर्वाचन आयोगविरुद्ध बालेन साहद्वारा सर्वोच्चमा रिट दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । 

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उनले आफूले कानुनले तोकेको अवधिभित्रै  निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: