सत्ता होइन, व्यवस्थाको चिन्ता छ: रामचन्द्र पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर फोरम नेपालको दायित्व विषयक अन्तर्क्रियामा बोल्दै पूर्वसभामुख पौडेलले स्थायित्व र विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए।

उनले पछिल्लो घटनालाई काँग्रेसको हातबाट सत्ता गएको रूपमा मात्रै नलिएको बताए। ‘व्यवस्थाको चिन्ता छ, स्थिरताको चिन्ता छ। अब सत्ता होइन, व्यवस्थाको चिन्ता गरौँ,’ उनले भने ।

- Advertisement -
Ad image

महाभारतको कृष्ण र दुर्योधनको युद्ध रोक्ने अन्तिम संवाद स्मरण गर्दै पौडेलले दुर्योधनले भनेजस्तै अब ‘जे-जे हुन्छ, हुन्छ’ भन्ने हो वा स्थिति सुधार्ने प्रयत्न गर्ने भन्ने प्रश्न रहेको बताए। अझै पनि स्थायित्व र विकासका लागि प्रयत्न गर्नुपर्ने आफ्नो जोड रहेको उनको भनाइ थियो।

‘अहिले खतरनाक आर्थिक सङ्कट, मन्दीहरू मडारिरहेको छ। चीनबाट उत्पत्ति भएको कोरोना नयाँ स्वरूपमा भारत हुँदै नेपाल आउँदै छ। विभिन्न समस्याले घेरिएका छौँ। यसको समाधान राष्ट्रिय सहमति हो। नेपाल र नेपालीको ७० वर्षको सङ्घर्षबाट ल्याएको परिवर्तन जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक छ,’ उनले भने।

यो व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति गरेर जानुपर्छ भन्ने आफूलाई लागेको पौडेलको भनाइ थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्