काठमाडाैँ- नेपाल टी-२० लिग अन्तर्गत मंगलबार टियु मैदान कीर्तिपुरमा हुने तय भएको खेल खेलाडीले पारिश्रमिक नपाएको भन्दै रोकिन पुगेको थियो।
तर क्यान पधाधिकारीसँगको छलफलपछि खेलाडीहरुले साँझसम्ममा पारिश्रमिक वापतको रकम पाउने आश्ववासन पाएसँगै खेल सुरु भएको छ।
क्यान पदाधिकारीहरूले टिम मालिकहरूसँग कुरा भएको भन्दै साँझसम्म पारिश्रमिक प्राप्त हुने बताएका छन्।
खेलमा काठमाडौँ नाइट्स र विराटनगर सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदै छ। खेलमा काठमाडौँले पहिलो ब्याटिङ गर्दै छ। खेल ९-९ ओभरमा घटाइएकाे छ।


प्रतिक्रिया दिनुहोस्