सुनको भाउ बढेर तोलाको १ लाख २ हजार ६०० रुपैयाँ पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa
काठमाडौं – आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस १८४०.२५ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: