प्रुडेन्सियल इन्सुरेन्सको बोनस सेयर घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रुडेन्सियल इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र प्रुडेन्सियलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष भने ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्