तत्काल आपत्कालीन द्वार निर्माण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरण आफैँबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन् ।

लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न पनि स्थानीय निकायलाई आग्रह गरे । भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो । उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभाहलको निर्माणमा ध्यान दिन पनि सचेत गराए ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यकता समेत औँल्याए ।

प्रतिक्रिया दिनुहोस्

Array