ट्रकको ठक्करबाट विद्यार्थीकाे मृत्यु भएकाे घटनालाई लिएर नेपालगञ्जमा चक्काजाम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

नेपालगञ्ज – ट्रकको ठक्करबाट साइकलयात्री विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर नेपालगञ्जमा चक्काजाम गरिएको छ।

नेपालगञ्जको होप स्कूलमा १२ कक्षामा पढ्ने दैलेखका रत्नबहादुर दर्लामीको शनिबार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको थियो। साइकलमा रहेका दर्लामीलाई न्यूरोडस्थित भानुभक्तचोकमा ट्रकले ठक्कर दिएको थियो।

- Advertisement -
Ad imageAd image

घटनाका दोषीलाई कडा कारबाहीको माग राख्दै विद्यार्थीले नेपालगञ्जका ठाउँठाउँमा बसेर चक्काजाम गरेका छन्। कारकादो, धम्बोझीचोकलगायत ठाउँमा बसेर विद्यार्थीले सडक जाम गरेका छन्।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरले नारायणी समितिको ट्रक भएकाले उताबाट सम्बन्धित व्यक्तिहरू आइरहेको र यस विषयमा पीडित पक्षसँग पटक(पटक छलफल भइरहेको बताए।

ट्रक प्रहरी नियन्त्रणमा रहेको छ। विद्यार्थीले सडकमा ट्रक चालकलाई फाँसीको दिनुपर्ने नारा लगाएका छन्।

नेपाली कानुनमा फाँसीको व्यवस्था छैन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्