काठमाडौंको सतुगंलमा एटिएम फोड्दै गर्दा एक जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।

चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

- Advertisement -
Ad imageAd image

स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्