काठमाडौं – उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल बैठक राखेर निर्देशन दिएका छन् । गृह मन्त्रायलबाट भर्चुअल सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई सुशासन प्रत्याभूत हुनेगरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देश गरेका छन् ।
मन्त्री लामिछानेले तिब्र गतिमा काम गर्न आग्रह गर्दै भनेका छन्–‘जागिर खाए जसरी होइन्, हाइ स्पिरिडका साथमा काम गर्नुस् ।’ न्यायमा सवै जनताको पहुँच हुनेपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘नागरिकले न्यायका लागी अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’
तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । त्यस्तै शीतलहरको समस्या न्युनीकरण गर्न चुस्त योजनाका साथ अघि बढन् उनले सुरक्षा प्रमुखहरु र प्रजिअहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्