आजको मौसम: वर्षा, हिमपात र हुस्सुले जनजीवन प्रभावित हुन सक्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – देशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।
आज दिउँसो प्रदेश नम्बर–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हल्का वर्षा, हल्का हिमपात र तराईका केही भू–भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवनयापन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array