म सहित दोस्रो पुस्ताका नेता सरकारमा जाँदैनौँ, बाहिरै बसेर पार्टीको काम गर्छौं: वर्षमान पुन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

उनले आफू बाहिरै बसेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल पार्न सक्रिय रहने उल्लेख गरे ।

- Advertisement -
Ad imageAd image

उनले आफूमात्र नभई दोस्रो पुस्ताका नेताहरू पनि सरकारमा नजाने बताए । ‘मसहित दोस्रो तहका नेताहरू मन्त्रीमा जाँदैनौँ’, पुनले भने, ‘बाहिरै बसेर सरकारलाई सफल पार्न लाग्छौँ । सिङ्गो पार्टी सरकारको सफलताका लागि सक्रिय रहन्छ ।’

देउवा-प्रचण्ड समीकरण भत्काएर वाम गठबन्धन बनाउन मिहिनेत गरेका पुनलाई बाहिर राखेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई क्याबिनेटमा उपप्रधानमन्त्री बनाएपछि उनी असन्तुष्ट रहेको चर्चा माओवादी केन्द्रभित्र छ । पुनले मर्यादाक्रममा तल पर्ने भएपछि सरकारमा जान तयार नभएको भन्ने आशङ्कामा सत्यता नरहेको जिकिर गरे ।

कुनै अमुक व्यक्तिले पद प्राप्ति गर्ने वा नगर्ने विषय गौण रहेको भन्दै उनले बाहिरै बसेर पनि मुलुकमा विद्यमान समस्या समाधानमा लाग्न सकिने बताए ।

माओवादी केन्द्रबाट तेस्रो पुस्ताका युवा सांसदहरुलाई मन्त्री बनाइने उनको भनाइ छ ।

राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना पुरा गर्ने गरी सरकार अघि बढ्ने दाबी गरे । प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठनसँगै जनता र पार्टीमा उत्साह प्रवाह भएको उनको दाबी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्