२०२३ लाई सेयर बजारको स्वागत, ४ अर्ब नाघ्यो कारोबार रकम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेप्सेले  सन् २०२३ लाई हरियालीका साथ स्वागत गरेको छ । साताको पहिलो कारोबार दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको हो। यस दिन २६१ स्टकको ६२ हजार ५५१ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्सेको कारोबार रकम पछिल्लो ५ महिना यताकै उच्च हो। यस अघि गत साउन १६ गते, नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। पछिल्लो समयमा नेप्से परिसूचक उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि हुन थालेको छ।

आइतबार नेप्से परिसूचक १७.२६ अंक बढेर २०४६.२९ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन श्रृजनशील लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ५.५७ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकमको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढी र एनआईसी एशियाको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमिूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विकास बैंक र वित्त उपसमूहको परिसूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्

Array