दुःख, मेहनत, त्याग र तपस्या जे गरेर हुन्छ राम्रो काम गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति ‘राम्रो गर्ने, राम्रोबाहेक नगर्ने’ रहेको बताएका छन्। माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास बालुवाटारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।

राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउँदै उनले ‘गर्न चाहे हुने रहेछ’ भन्ने आभास जनतामा दिलाउन सकिने बताए। ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ। आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो। मध्यपहाडी लोकमार्गदेखि उत्तर-दक्षिण करिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन्। अहिले नेपाल त्यतै हिँडिरहेको छ। तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने।

- Advertisement -
Ad imageAd image

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र ‘उज्यालो नेपाल’जस्ता विकास कार्यक्रम माओवादीकै नेतृत्व र पहलमा भएपनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो। कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै प्रचण्डले सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको आश्वासन दिए। प्रधानमन्त्री प्रचण्डले कर्णालीमा बन्ने आगामी सरकारले कर्णाली र कर्णालीका जनताका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्