मकवानपुरमा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – मकवानपुरको भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपालिका–३ का अन्दाजी २० वर्षका राहुलकुमार पण्डित रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याइएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।

- Advertisement -
Ad image

आइतबार बिहान बाराबाट हेटौंडा हुँदै दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आर्मी ब्यारेक नजिकै आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

घाइते हुनेहरुमा बारा विश्रामपुर गाउँपालिका–३ का २७ वर्षीय अजय चौरसिया, भारत झारखण्डका ३६ वर्षीय विजय दास, पर्सा विरगञ्ज महानगरपालिका–१७ का १८ वर्षीय सुमित गुप्ता, बहुदरमाई नगरपालिका–५ का २६ वर्षीय दिनानाथ प्रसाद, बारा विश्रामपुर गाउँपालिका–३ मुसरहवाका १८ वर्षीय शिवजी साह, विश्रामपुर–३ मुसरहवाका १८ वर्षीय धिरज चौरसिया, विश्रामपुर–३ मुसरहवाका १७ वर्षीय पप्पुकुमार गुप्ता र पर्साको बहुदरमाई–५ का २८ वर्षीय उमेश कुशवाह छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्