जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकपछि मात्र मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ । आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्ने निणर्य भएको छ । मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०–२१ गते मात्र संसदीय दलको नेता चयन हुने जानकारी दिएको छ ।
यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ । प्रदेश सभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन् ।
संसदीय दलको नेता चयन गर्नका लागि लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरिएको छ । सो समितिले आफ्नो चुनावी प्रक्रिया सुरु गरिसकेको छ । संसदीय दलको नेता सर्वसम्मतिले चयन हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: