विराटनगर
विराटनगर–७ महावीर रोडस्थित अनिल साहको कपडा होलसेल गोदाममा शुक्रबार दिउँसो ठूलो परिणामा छापा हानेको छ । भन्सार प्रशासन र सुरक्षा अधिकारीको संयुक्त टोलीले ती व्यापारीको कपडा बरामत गरेको हो । सो क्रममा ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको विराटनगर भन्सार कार्यालयले बताएको छ । बरामत गरेको कपडाको रकम खुलेको छ्रैन ।
बिल विजक नभएको कारण मरामद गरिएको कपडा गैरभन्सार क्षेत्रबाट भित्र्याइएको जानकारी दिएको छ । बरामद कपडा तेस्रो मुलुकको र ब्राण्डेट रहेका छन् । साहले यसअघि पनि तस्करीको कपडा क्यारिङ्गमार्फत ल्याउने गरेको बताइएको छ । बरामद कपडा सुनसरी र मोरङबाट क्यारिङ गर्नेहरूमार्फत भारतदेखि अवैधरूपमा ल्याएर विराटनगर–७ महावीर रोडस्थित मुकुन्द बस्नेतको भाडाको घरमा राखेकोमा फेला परेको हो ।
उनले यस्ता कपडाहरु विराटनगर बजार र पूर्वका विभिन्न ठाउँमा पठाउने गरेको जानकारी दिएको छ । साहको गोदामबाट बरामद कपडा विराटनगर भन्सार कार्यालय लगिएको सूचना अधिकारी ढुंगानाले पुष्टि गरेका छन् । बरामद कपडा एउटा ट्याक्टर र प्रहरीको बसमा हालेर विराटनगर भन्सार कार्यालय लगिएको हो ।
अघिल्लो सात अर्थमन्त्रालयका राजश्व विभागका सचिव रामेश्वर दंगाल नेतृत्वको टोलीले भन्सार कार्यालयको अनुगमन गरेको थियो । सुरक्षा अधिकारी र भन्सार प्रशासनबीचको द्वन्द्वले सीमा प्रहरी चौकीको सामुन्ने भन्सार कर्मचारीमाथि तस्करहरूले ढुंगामुढा गरेर भन्सार नतिरी सामान लगेका थिए । सो घटनाको विषयमा भन्सार प्रमुख ताराप्रसाद सापकोटाले सुरक्षाको माग गर्दै विज्ञप्ति निकालेका थिए । त्यस्तै भन्सार विभाग र अर्थमन्त्रालयमा पनि पत्रचार गरेका थिए ।
त्यसपछि राजश्व विभागमा टोली भन्सार कार्यालय आएको थियो । त्यस क्रममा भन्सार अधिकारी र सुरक्षा अधिकारीबीच राजश्व कसरी बढाउने भन्ने विषयमा गम्भीर छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्