धार्मिक तथा पर्यटकीय महत्व बोकेको ‘गुफा थुम्की डाडा’ ओझेलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०७९, शनिबार
2 Min Read
Aa

भवानी गुरागाईँ

ईलाम– धार्मिक तथा अत्यन्तै सुन्दर पर्यटकीय स्थल प्राप्त प्रचारप्रसारको अभावमा ‘गुफा थुम्की डाडा’ ओझेलमा  परेको छ । ईलाम जिल्ला सदरमुकामबाट नेपालटार मंगलबारे हुँदै ४० किमीको दुरीमा अवस्थित पर्यटकिय क्षेत्र ‘गुफा थुम्की डाडा रहेको छ । देउमाई नगरपालिका वाड नम्बर ३ मा रहेको गुफाथुम्की प्राकृतिकरुपमा अत्यन्तै सुन्दर अग्ला नागीहरु छन्। साथै नागीहरूको बिचमा एक सुन्दर पोखरी समेत रहेको छ ।

समुद्र सतहबाट २ हजार मिटरको उचाइमा रहेको गुफा थुम्की बौद्ध मार्गीहरूको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको छ । देउमाई नगरपालिकाको प्रशासकीय कार्यालय मंलबारे बाट पैदल आधा घण्टामा पुग्न सकिन्छ । प्रचारप्रसार तथा पर्याप्त पूर्वाधारको विकास हुन नसकेकाले गुफा थुम्कीमा बाह्य जिल्लाबाट आउने पर्यटक भने निकै कम छन् ।

विशेषगरी आन्तरिक पर्यटक वनभोज खान जाने तथा सूर्योदय र सूर्य अस्तको अवलोकन गर्न कात्तिक र मंसिर महिनामा बढी आउने गर्दछन् । पछिल्ला समय छायांकनका लागि विभिन्न कलाकारहरुको यस क्षेत्रमा आउने गरेको स्थानीय बताउँछन् । परापूर्वकालमा बौद्धमार्गी भिक्षुहरूले डाँडामा बसेर साधना लिने गरेकोले यो डाँडाको नामाकरण गुफा थुम्की रहन गएको किम्बदन्ती छ।

इलामका प्राय सबै क्षेत्र देखिने साथै पाँचथर जिल्लाको समेत केही भूभाग देख्न सकिन्छ। विभिन्न सुन्दर नागीहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । गुफा थुम्कीबाट सुन्दर सूर्यदय र सूर्यास्तको अवलोकन गर्नुका साथै दर्जनौ हिमालहरुको दृश्य देखिन्छ । यहाँको पोखरीमा हरियो रङ्को पानी छ र यो पोखरी रहेको पानी हिउँदको समयमा भन्ने बढ्ने गरेको स्थानीय नवराज गुरागाई बताउँछन्। यस पोखरीमा विभिन्न प्रकारका राता काला सेता माछा पाइन्छनुका साथै यो पोखरी हेर्दा सामान्य भए पनि यसको गहिराइ निकै रहेको स्थानीले बताए पनि एकिन कति छ भन्ने नापिएको छैन । समुद्रमा आउने विभिन्न सुनामीमा यस पोखरीको पानीको सतह समेत तरङ्ग आउने र यहाँको पानीको रङ फरकफरक हुने कथन पाईन्छ ।

फोटोः भवानी गुरागाँई

प्रतिक्रिया दिनुहोस्

Array