चिसोबाट नागरिकलाई सुरक्षित राख्ने बारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच सिहंदरवारमा नागरिकको सहज पहुँच पुर्याउने विषयमा छलफल भएको छ । साथै कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने शतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सिंहदरबार प्रवेशका लागि नागरिकलाई झण्झटिलो व्यवस्था गरिएकोले त्यसमा सहज प्रक्रियाको व्यवस्था मिलाउने कसरी सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिएको छ । सरकारले सिंहदरवारमा नागरिकलाई सहज पहुँच पु¥याउने विषयमा गृहकार्य गर्ने पनि जानकारी दिएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्