नेपाल टी–२० लिगमा पोखराको पहिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। शुक्रबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा पोखराले फार वेस्टर्न युनाइटेडलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको पाँचौँ खेलमा पहिलो जित निकाल्यो।

फार वेस्टर्नको भने यो चौथो हार हो। हारपछि फार वेस्टर्न अङ्क तालिकाको पुछारमा झरेको छ। पोखरा भने पाँचौँ स्थानमा उक्लिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। उसका लागि उमार अलीले ४२ रन बनाउँदा रासिद खानले ३२ रन तथा ओपनर देव खनालले ३३ रन जोडेका थिए।

त्यस्तै, हासिम अन्सारी र भिम सार्कीले समान १७–१७ रन बनाएका थिए। करण केसीले १२ रन बनाउँदा विनोद भण्डारीले ११ रन बनाएका थिए।

पोखराका लागि जाहिर खानले ३ विकेट लिँदा अमिर हम्जा र तुल थापाले २–२ विकेट लिएका थिए।

१ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले उक्त लक्ष्य ५ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गरेको थियो। पोखराका लागि आसिङ शेखले ४५ रन बनाउँदा सुमित महर्जनले ३८ रन बनाएका थिए। सुमित र आसिफले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।

त्यस्तै, कुशल मल्लले ४० रन बनाउँदा सिद्धान्त लोहनीले २३ रन बनाएका थिए। त्यस्तै, अमिर हम्जाले १२ रन बनाएका थिए।

फारवेस्टर्नका लागि करण केसी, उमार अली र प्रकाश जैशीले समान २–२ विकेट लिए पनि टिमको हार टार्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्

Array