आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ –  म्यानमारको सैन्य सरकार समर्थित अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सँगै ७७ वर्षकी सुकीको जेल सजाय ३३ वर्ष पुगेको बीबीसीले जनाएको छ ।

गएको हप्ता संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सुकीलाई रिहा गर्न आग्रह गरेपछि म्यानमारको अदालतले सुकीलाई लगाइएका अन्तिम पाँच आरोपमाथि सुनुवाइ सुरु गरेको थियो । म्यानमारका सहयोगी देशहरू चीन र रुसले समेत भिटो प्रयोग नगरेका कारण सुकीलाई रिहा गर्ने अपेक्षा गरेकोमा थप सात वर्षको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

चुनाव जितेकी सुकीको सरकारलाई सेनाले २०२१ को फेब्रुअरीमा अपदस्त गरी सैन्य सरकार गठन गरेको थियो । सरकार अपदस्त भएदेखि नै नजरबन्द र जेलमा रहनुभएकी सुकीमाथि सेनाले १९ वटा आरोप लगाएको थियो । तत्कालीन सरकारका एक मन्त्रीले हेलिकप्टर भाडामा लिँदा नियम पालना नगरेको आरोपमा पनि सुकीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्