चलचित्र ‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रदर्शनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – ‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली चलचित्र भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले सिङ्गल थिएटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ ।

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायाङ्कन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

Array