प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहानै भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकारको आगामी कार्यक्रम र मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array