सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । शपथ ग्रहणका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको उनले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो । सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको जैशीले बताए । ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्