बधाई र शुभकामनाका लागि समय नमाग्न प्रधानमन्त्री प्रचण्डको अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा शुभकामना दिन समय नमाग्न अनुरोध गरेका छन् । बधाई र शुभकामना आदानप्रदानका लागि लाग्ने समय देश निर्माणमा खर्चिनु पर्ने समय आएको प्रचण्डले बताएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले फेसबुक मार्फत बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं, ’ उनले लेखेका छन ।
साथै सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array