प्रधानमन्त्री प्रचण्ड र राजदूत थम्पसनबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिन राजदूत थम्पसन बिहीबार अपराह्न बालुवाटार पुगेको माओवादीका एक नेताले पुष्टि गरे।

- Advertisement -
Ad imageAd image

नेपाल र अमेरिकाको पारस्परिक सम्बन्धका विषयमा दुईबिच छलफल भएको माओवादीका एक नेताले बताए। सरकारलाई अमेरिकाले प्रदान गरेको विभिन्न परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ।

प्रचण्ड संसद्को दोस्रो ठुलो दल नेकपा एमालेको समर्थनमा गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट सोमबार प्रधानमन्त्री पदमा शपथ लिएका उनले बुधबार सरकारी निवास बालुवाटार सरेका थिए।

बालुवाटार सरेपछि प्रचण्डले औपचारिक रूपमा कूटनीतिक नियोगका अधिकारीहरूसँग भेटवार्ता थालेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्