आहा-रारा पोखरा गोल्डकप: धरानको विजयी सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
0 Min Read
Aa

पोखरा – २२ औं आहा-रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो ।

धरानलाई जिताउन प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै निर्णायक भयो ।

धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै बुढाथोकीले गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array